धर्म इन्टिलिजेन्ट ग्रुपको भोलिन्टर सदस्य किन बन्ने ?

10 months ago

धर्म इन्टिलिजेन्ट ग्रुपको भोलिन्टर सदस्य किन बन्ने ?

धर्म इन्टिलिजेन्ट ग्रुपको भोलिन्टर सदस्य किन बन्ने ?
धर्म इन्टिलिजेन्ट ग्रुप भन्नाले अरूको सेवामा निस्वार्थ र समर्पित भावले लागि पर्ने बोधिचित्त भएका व्यक्तित्वहरूको समुहलाई बुझिन्छ । संसारमा प्राकृतिक आपत-विपत, महामारी, युद्ध तथा सामाजिक र धार्मिक द्वन्दहरुको बेला बालबच्चा, महिला, पुरुषहरुलाई उद्धार गर्न आर्थिक, भौतिक सेवा पुर्याउन, समाज र विश्वकै लागि कुनै वैरभाव नराखी शान्ति सुरक्षा तथा समृद्धिको लागि निस्वार्थ लागि पर्ने कार्य गर्ने उद्देश्यले धर्म इन्टिलिजेन्ट ग्रुप स्थापना गरिएको हो ।

यस धर्म इन्टिलिजेन्ट ग्रुप नेपाल लगायतका सम्पूर्ण युरोप, अमेरिकाहरु समेतमा यस ग्रुपको स्थापना गर्ने लक्ष्य रहेको छ । त्यसार्थ प्रत्येक देशमा धर्म इन्टिलिजेन्ट ग्रुपको स्थापना गर्न बोधिचित्त र परोपकारी मन भएका निस्वार्थ युवायुवतीहरु र अन्य महानुभावहरु यस समूहमा प्रवेश गर्नका लागि हार्दिक अनुरोध गरिन्छ ।

धर्म इन्टिलिजेन्ट ग्रुपलाई, धर्म आईडल कम्युनिटि द्वारा व्यवस्थित रुपमा सञ्चालन गरिने छ ।
धर्म इन्टिलिजेन्ट ग्रुपको भोलिन्टर सदस्य बन्न यहाँ थिच्नुहोस् ।