बंगलादेशलाई हराउँदै पाकिस्तान टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

1 year ago

बंगलादेशलाई हराउँदै पाकिस्तान टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा


काठमाडौं: पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो ।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्‍यो ।पाकिस्तानको जितमा मोहमद रिजवानले ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए । कप्तान बाबर आजमले २५ तथा शान मासुदले रन बनाए । बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेले । आफिफ होसेनले अविजित २४ रन जोड्दा सौम्य सरकारले २० रन बनाए । लिटोन दासले १० रन जोडे ।पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिए । शादब खानको नाममा २ विकेट रह्यो ।

जितसँगै पाकिस्तानले समूह २ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । पाकिस्तान छैटौं पटक विश्वकपमा पुगेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोडेर पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश भने ४ अंक जोडेर बाहिरिएको छ । यस समूहबाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ र दक्षिण अफ्रीका भने बाहिरिएको छ ।