नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल

1 year ago

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा रोहित पौडेल

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त भएको कप्तान पदमा क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई जिम्मेवारी दिएको हो ।

नेपालले यही कात्तिक २८ देखि घरेलु टोली युएई विरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए । क्रिकेट संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन् । ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की,कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा समावेश भएका छन् ।