promotion
promotion
promotion

Introduction

Noble Enlightened Association

(नोबल एन्लाइटन्ड एसोसिएसन)

Noble Enlightened Association
संघको संरचना संचालन विधि
यस Noble Enlightened Association को संरचना बुद्ध धर्मको परम्परा अनुसार हुने छन्‌।संघको विशुद्ध धार्मिक एंव समाजिक कार्यहरु विधिपुर्वक गर्न यस संघलाई मूख्यत! धार्मिक परम्परा र सरकारी कामकाजी पद्वती अनुसार हुने छ।यहाँ धार्मिक परम्परागत संघको मण्डल नै प्रमूख संघ भनेर बुझिने छ भने सरकारी कामकाजी पद्वतीको सदस्यहरु भने धार्मिकपरम्परागत संघको सहयोगी र उनिहरुका कामहरु व्यवस्थित ढंगले  सम्पन्न गर्ने एउटा दोश्रोतहको संघको रुपमा लिइनेछ।

पारम्परिक संघको संरचनाः
1.    संघ महानायक-सबै भन्दा ठुलो र प्रमूख गुरु
2.    संघ नायक-संघको कार्यकारी मूख्य धर्म  गुरु
3.    संघ उपनायक-कार्यकारी संघ नायकको अनुस्थितमा कार्य भार सम्हाल्ने गुरु।
4.    ध्यान-साधना आचार्य
5.    अभिधर्म आचार्य
6.    सुत्र आचार्य
7.    विनय आचार्य
8.    पुजा -प्रणिधान साखा प्रमूख
9.    संघराम संघकोष प्रमूख
 
आधुनिक समिति
1.    अध्यक्ष
2.    उपाध्यक्ष
3.    सचिव
4.    कोषध्यक्ष
5.    सदस्य
6.    सदस्य
7.    सदस्य
8.    सदस्य
9.    सदस्य
 
सदस्यको प्रकार र मापदण्ड
1.     साधारण सदस्य
2.     आजीवन सदस्य
3.     दाता सदस्य
4.     सल्लाहकार सदस्य
मापदण्ड
1.     साधारण सदस्यता लिन कानुन बमोजिम उमेर पुगेका, अपराधको महाअभियोग नलागेका र संघका सम्पुर्ण स्थिर र परिवर्तन हुन सक्ने नियम पालना गर्न सहमत भएको सबै नेपालीले  सदस्य दस्तुर सुरुमा रु ३०००+५०००=३५०० तीन हजार पाँच सय र पन्द्र वर्ष सम्मा रु ५०० को दरले सदस्यता शुल्क तिर्न सहमत व्यक्तिले साधारण सदस्यता लिन सकिने छ।
2.     आजीवन सदस्यता लिन कानुन बमोजिम उमेर पुगेका, अपराधको महाअभियोग नलागेका र संघका सम्पुर्ण स्थिर र परिवर्तन हुन सक्ने नियम पालना गर्न सहमत भएको सबै नेपालीले  सदस्य दस्तुर रु ५१००० सदस्य शुल्क तिरेर आजीवन सदस्य बन्न सकिने छ।

3.     दाता सदस्यता लिन राष्ट्रिय वा अन्तराष्ट्रिय महाअपराधको अभियोग नलागेका राष्ट्रिय तथा अन्तराष्ट्रिय जोसुकैले नेपालको कानुन बमोजिम यस संघलाई धेर-थोर कुनै पनि आर्थिक,भौतिक सहयोग नियमित रुपमावा एक-दुई पटक मात्र सहयोग प्रदान गरी संघको दाता सदस्य बन्न सकिने छ।

सदस्यता खारेजी सम्बन्धमा
1.     संघको सदस्यता रहने वा नरहने त्यसको निर्णय संघ प्रमूख धर्म गुरुहरुको सभाले निर्णय गर्ने छ।
2.     संघ भित्र कुनै पानि प्रकारले भेद ल्याउने, वैरमानस्यता ल्याउने आदि गरिएमा संघबाट निष्कासन गरिने छ।

3.     संघलाई र विशेषगरि संघका विशिष्ट गुरुहरुलाई आरोप, नकरात्मक टिका-टिप्पनी,प्रत्यक्ष वा परोक्ष दोषरोपन, तुच्छ शब्द प्रयोग आदि गरिएमा सदस्यता खारेजी गर्न सकिने छ।

4.     सदस्य संघले सदस्यता खारेजीको माग गरेमा सदस्यता खारेजी गरिने छ।

 

Introduction

Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन) का उद्देश्यहरु:

१. Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन) ले आर्थिक तथा नैतिक निति बमोजिम सामाजिक र धार्मिक आवश्यकतालाई मध्य नजर गरि सशक्त धार्मिक संघको रुपमा सामन्यता बौद्ध धर्मको संरक्षण, प्रवर्द्धन एवं विकास गर्ने र विशेष गरि यस संघका हरेक सदस्यलाई सामाजिक, शैक्षिक र धार्मिक संरक्षण, विकास र सहायोग प्रदान गर्ने । 

२. हरेक शनिबार दिउँसो १ बजे देखि ३ बजे सम्म साप्ताहिक ध्यान, प्रवचन, मणि- मोन्लमहरु जस्ता साप्ताहिक कार्यक्रम संचालन गरि समाजलाई आदर्श, बौद्धिक, क्रियाशिल एवं आस्थिक बनाउने । 

३. यस Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन) का ”Family Awareness Program” (परिवार जागरण कार्यक्रम)  अन्तर्गत “मासिक संघ समागम कार्यक्रम” मा Society का सदस्यद्वारा निजको घरमा आयोजित कार्यक्रममा आमन्त्रित सघंका सदस्यहरुले मणि–मोन्लम, जप–ध्यान तथा प्रवचन आदिका  कार्यक्रममा सहभागी गर्ने, गराउने कार्यक्रम संचालन आवश्यक अनुसार गरिने छ ।

४. ञ्युङनेका वाङछेन, च्योइका वाङछेन  तथा ङाग्युर ञिङ्मा परम्पराका सम्पूर्ण वाङ–वाङछेन , ठी तथा लुङ नेपाली अनुवादन सहित आयोजना गर्ने, गराउने ।

५. सालमा तीन पटक “सागा दावा” डुग्पा छेसी र “ल्हाबब धुइछेन” कार्यक्रम आयोजना गर्ने र ङाग्युर ञिङ्मा परम्परा अनुसारका ङोन्डो, फोवा तथा विपाशना ध्यान आदि कार्यक्रम गर्ने, गराउने ।

६. यस Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन)  को सदस्यको घरमा मृत्यू जस्ता दुःखद परिस्थिति वा अन्य प्राकृतिक दुर्घटना आदि परेको खण्डमा यस सोसाइटीका अन्य सदस्यहरुबाट प्रति सदस्य रु. ५० वा १०० आर्थिक सहयोग गर्ने प्रदान गराईने छ ।

७. प्रचार-प्रसारबाट समाजमा महत्वपुर्ण जागरणमुलक वातावरण सृजना गर्न Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन) द्वारा आयोजित कार्यक्रमहरुको प्रचार–प्रसार तथा प्रसारण Dharma Television संग मिलेर TV, Social Media, Websites हरु मार्फत गर्ने, गराउने ।  

८. बौद्ध धर्मगुरु, मणिपा संघ तथा अन्य धार्मिक एवं सामाजिक सेवामा समर्पित वा अभ्यास गर्ने व्यक्ति वा संस्थाहरुलाई प्रमाणपत्र, प्रशंसापत्रहरु वा सम्मानपत्र र पुरस्कार  प्रदान गरी समाज उत्थान हेतु प्रेरणा दायक कार्यक्रम गर्ने छ ।

९. जातीय, धार्मिक एवं सामाजिक भेदभावको अन्त गर्न एवं मानवताको आचरण र परहित भावनाको बारे शिक्षा प्रदान गर्न र बुद्ध धर्म, दर्शन, ध्यान, साधना, संस्कार र सस्कृतिहरुको संरक्षण प्रवर्द्धन २ दिवाश गर्न धार्मिक गोष्ठी, छलफल, अधिवेशन आदि आयोजना गर्ने तथा समाजलाई मतमदिरा एवं  धुम्रपान जस्ता सबै कुलहरुबाट मुक्त गराउन  स्वास्थ्य तथा शैक्षिक शिविर सञ्चालन गर्ने ।

१०. यस Noble Englighten Association (नोबल एन्लाएटन एसोसिएसन) को अर्थव्यवस्था सुदृढ बनाउन आजीवन सदस्यहरुबाट सदस्य शुल्क रु. ५१,०००।- र साधण सदस्यहरुबाट रु. ५००।- १५ वर्ष सम्म लिइने ।

११. Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन) अर्य (नेपाली बौद्ध संघ) ले धार्मिक कार्यक्रम, प्रशिक्षण, अभिषेक, ध्यान, पुजा–पाठ, विवाह, ब्रतवन्ध र लोछार जस्ता शुद्ध धार्मिक र सामाजिक कार्यक्रम गर्ने भवन द्यगममजष्कत ऋगतिगचभ ऋबलतभच केन्द्र तथा अन्य सहर, जिल्लाहरुमा निर्माण गरि सदस्यलाई १०५ सेवा शुल्क र अन्यलाई १००५ सेवा शुल्क मात्र लिएर कार्यक्रम स्थल((भवन) उपलब्ध गराउने ।

१२.आजीवन र साधरण सादश्यहरुबाट यस संघमा प्रवेश गरेर छ महिना पुगिसकेका सदस्यको देहान्त भएको खण्डमा सबै सदस्यको तर्फबाट कम्तिमा रु. ५०।- वा १००।- सामुहिक रुपमा उपलब्ध गराइने ।

१३. संघको सदस्य आर्थिक पिडित भएको बखत आकस्मिक दुर्घटना परि धन–जन गुमाउनु पुगेको आवस्थामा आपदा–विपदामा परि विविध समस्य ग्रस्त भएका संघको सदस्यलाई सबै सदस्यबाट रु.५०।- वा १००।- को दरले आर्थिक सहयोग उपलब्ध गराउने ।

१४. विवाह, व्रतबन्ध, गोष्ठी, घेवा पुजा आदि गर्न १०५ सेवा शुल्क बाहेक सबै निशुल्क हल उपलब्ध गराउने ।

१५. मृत्यु संस्कारको लागि शव व्यवस्था गरि राख्ने स्थानहरु निःशुल्क उपलब्ध गराउने ।

१६. यस एसोसिएसनको साखा नेपाल र विश्व भरि आवश्यकता र भाग अनुसार खोलिने छ भने बुद्धिष्ट कल्चर सेन्टर पनि देश-विदेशमा स्थापना गरिने छ ।

१७. संघको आफ्नो छुट्टै धार्मिक पहिरन, सिद्धान्त, निति, नियमहरु हुने छन् ।

१८. संघको बलियो आर्थिक व्यवस्था तथा दुरगामी प्रचार–प्रसार हेतु धर्म टेलिभिजन र हिमालय ट्रेड एण्ड सर्भिस प्रा. लि. संग मिलेर काम गर्ने ।

१९. संघको आयश्रोत वृद्धि गर्न वातावरण र आवश्यकता अनुसार अरु व्यक्तिहरु विविध सेवा प्रदान गरिने जस्तै; गेष्ट हाउस, प्रशिक्षण केन्द्र, पसल,  उत्पादन, आदि गर्ने, गराउने  छ ।

२०. यस संघले राष्ट्र र अन्तराष्ट्रिय शाखा, उपसंघ विस्तार गर्नेछ साथै त्यहाँ दैनिक, साप्ताहिक, मासिक वा वार्षिक विविध कार्यक्रम, कक्षा प्रशिक्षण, शिविर आदि संचालन र आयश्रोत मुलक विविध कार्य गर्नेछ ।

२१. Noble Enlightened Association ले साधक, उपासक-उपासिकाहरुलाई बौद्ध धर्म र कर्मकाण्डहरुमा शिक्षित, दिक्षित, अभ्यस्त तथा पारगंत बनाउन हरेक वर्षको ३\३ महिनाको अवधि अन्तर्गत च्योइ, डोल्छोग, ञ्युङनेहरुको सामुहिक व्यवहारिक अभ्यास कार्यक्रम विधि पुर्वक संचालन गर्ने ।

२२. Noble Enlightened Association ले उपासक-उपासिका र साधकहरुको अगुवाइमा बौद्ध धर्मको कर्मकाण्ड र मोन्लमहरु विधिवतरुपमा संचालन गराउन साधक, उपासक र उपासिकाहरुबाट नै दोर्जेलोपेन, उम्जे, छ्योपेन, कोङञेर, ञेर्पा, छुल्ठिमपा, धुङ्पा, घ्यालिङपा, धुङछेनपा, ङापा, काङलिङपा आदि चयन गरि महाप्रणिधान एवं विश्व शान्ति पूजाहरुको आयोजना देश भित्र र बाहिर गर्ने, गराउने ।

२३. प्रचार-प्रसारबाट समाजमा महत्वपुर्ण जागरणमुलक वातावरण सृजना गर्न Noble Enlightened Association द्वारा आयोजित कार्यक्रमहरुको प्रचार-प्रसार तथा प्रसारण Dharma TV, MDFPF र BTMC संग मिलेर TV, Radio, Websites हरु मार्फत गर्ने , गराउने ।

२४. Noble Enlightened Association द्वारा आयोजित पूजा  र चन्दा प्याडबाट उठेका यस Association का तत्कालिन वा भावि धार्मिक योजनाको निम्ति प्राप्त सहयोग राशी–को सदुपयोग यसै Association को लागि प्रयोग गर्ने र बचेका सहयोग राशी यसै समाजको खातामा जम्मा गरिने ।

२५. ”मासिक मैत्रेय समागम कार्यक्रम“ आदि आयोजना गर्न चाहने आयोजक परिवारद्वारा संघलाई प्रदान गरेका आर्थिक÷भौतिक सहयोग पनि यस ल्यदभि भ्लष्निजतभलभम ब्ककयअष्बतष्यल को खातामा सुरक्षित गरि राख्ने ।

२६. Noble Enlightened Association ले BTMC संग मिलेर धर्म प्रचार-प्रसार गर्ने एवं एक अर्काले आयोजाना गरेका कार्यक्रममा भौतिक वस्तु, भौतिक सेवा एवं आर्थिक सहयोग अदान प्रदान गर्ने ।

२७. Noble Enlightened Association ले ञिङज्ये ल्हाखङ (करुणा आलय) निर्माण गरि ज्ञान, ध्यान सहित धार्मिक आवासीय सेवा प्रदान गर्ने, उक्त ञिङज्ये ल्हाखङमा यस समाजको निति र सिद्धान्त बमोजिम ध्यान एवं धार्मिक वातावरण अनुकुल हुने गरि विशेष नियम सहित साधक वा अन्य अनुयायीहरुलाई सिमित समय वा आजीवन बस्ने व्यवस्था मिलाउने छ ।

२८. युवा, युवतीहरुलाई धर्म, संस्कृति र  सामाजिक उत्थान गर्न ध्यान आर्कषण गर्न यस Noble Enlightened Association ले आवश्यकता अनुसार महिला, पूरुष, विद्यार्थी एवं विशेष व्यक्तित्वहरुको धार्मिक वा समाजिक समूह निर्माण गरि धर्म र समाजको कल्याण हेतु विशेष कार्यहरु गर्ने छन् ।

Noble Enlightened Volunteer Group    नोबल एन्लाइटन्ड स्वयंसेवक समूह
Noble Enlightened Merchant Group    नोबल एन्लाइटन्ड व्यापारी समूह
Noble Enlightened Youth Group         नोबल एन्लाइटन्ड युवा समूह
Noble Enlightened Father Group        नोबल एन्लाइटन्ड फादर समूह
Noble Enlightened Mother Group      नोबल एन्लाइटन्ड आमा समूह
Noble Enlightened Farmer Group      नोबल एन्लाइटन्ड किसान समूह
Noble Enlightened Labor Group         नोबल एन्लाइटन्ड श्रम समूह
Noble Enlightened Lama Group         नोबल एन्लाइटन्ड लामा समूह
Noble Enlightened Teacher Group    नोबल एन्लाइटन्ड शिक्षक समूह
Noble Enlightened Student Group    नोबल एन्लाइटन्ड विद्यार्थी समूह
Noble Enlightened Women Group    नोबल एन्लाइटन्ड महिला समूह
Noble Enlightened Doctor Group      नोबल एन्लाइटन्ड चिकित्सक समूह
Noble Enlightened Donor Group       नोबल एन्लाइटन्ड दाता समूह
Noble Enlightened Artist Group         नोबल एन्लाइटन्ड कलाकार समूह
Noble Enlightened Singer\Musician Group नोबल एन्लाइटन्ड गायक र संगीतकार समूह
Noble Enlightened Manufacturer Group  नोबल एन्लाइटन्ड निर्माता समूह
Noble Enlightened Farmer Group            नोबल प्रबुद्ध किसान समूह
Noble Enlightened Writer Group              नोबल एन्लाइटन्ड लेखक समूह 

२९. महिला, पुरुष, बाल, बृद्ध, किसान, व्यापारी सबैलाई जीवन उपयोगी मार्ग प्रदर्शन विशेष कार्यक्रम गर्ने र स्वास्थ्य, शिक्षा, संस्कृति एंव धर्म दर्शनका बारे प्रशिक्षण एंव कक्षा गर्ने ।

३०. जातीय, धार्मिक एंवम सामाजिक भेदभावको अन्त गर्न एंव मानवताको आचरण र परहित भावनाको बारे शिक्षा प्रदान गर्न विशेष जोड दिने  र आदर्श मानव समाज निर्माण गर्ने\गराउने ।

३१ सामाजिक, धार्मिक एंवम राजनैतिक सामूल उछिक्षण गरी असल ज्ञान, आचरण जीविका साथै जीवन दर्शन बारे ज्ञान फैलाउन प्रयास गर्ने ।

३२. बौद्ध धर्मका सुत्र एंव तन्त्र पक्षका दर्शन, ध्यान तथा पूजा आदिका लामो छोटो प्रशिक्षण, शिविर एंव कक्षा सञ्चालन गर्ने ।

३३. बौद्ध धर्म सम्बन्धमा भजन एंव संगीत आदि निर्माण गरी प्रकाशन गर्ने  तथा आधुनिक प्रविधिको माध्यमबाट धर्म र संस्कृति प्रचार प्रसार गर्न प्रवचनका अडियो\भिडियो,  Animation video निर्माण गरी  TV मार्फत प्रसारण गर्ने ।

 ३४. दैनिक पूजापाठ, बौद्ध धर्म सम्बन्धि प्रणिधान, बौद्धग्रन्थ, सम्भोटा लिपी लगायत अन्य भाषा र व्याकरण सम्बन्धि पुस्तक प्रकाशन, कक्षा तथा प्रशिक्षण शिविर सञ्चालन गर्ने।

३५. समाजलाई मतमदिरा तथा धुम्रपानबाट मुक्त राख्न स्वास्थ्य तथा शैक्षिक शिविर सञ्चालन गर्ने ।

३६. विश्वभरि जीवन दर्शन बारे जानकारी गराउन विभिन्न बौद्ध ध्यान तथा योग प्रशिक्षण आदि सञ्चालन गर्ने गराउने ।

३७. भगवान बुद्धका उपदेशमा आधारित शान्ति, सुख र संवृद्धिको उपदेश विश्वभर फैलाउन जागरणमूलक कार्यक्रम गर्ने गराउने।

३८ . विश्वका मानव र समाज एक आपसमा मैत्रीय तथा भाइचाराको भावना विकास गर्न\गराउन,  सामाजिक, भौतिक तथा सांस्कृतिक आदन प्रदान गर्ने ।

३९. Noble Enlightened Association ले यी लिखित कार्यक्रम बाहेक अन्य कार्यक्रम गर्नुपरेमा सबैको सल्लाह–सुझाव सकारात्मक भएमा अन्य आवश्यक कार्यक्रम पनि गर्ने, गराउने ।

Noble Enlightened Association
संघको संरचना संचालन विधि

यस Noble Enlightened Association को संरचना बुद्ध धर्मको परम्परा अनुसार हुने छन्‌।संघको विशुद्ध धार्मिक एंव समाजिक कार्यहरु विधिपुर्वक गर्न यस संघलाई मूख्यत! धार्मिक परम्परा र सरकारी कामकाजी पद्वती अनुसार हुने छ।यहाँ धार्मिक परम्परागत संघको मण्डल नै प्रमूख संघ भनेर बुझिने छ भने सरकारी कामकाजी पद्वतीको सदस्यहरु भने धार्मिकपरम्परागत संघको सहयोगी र उनिहरुका कामहरु व्यवस्थित ढंगले  सम्पन्न गर्ने एउटा दोश्रोतहको संघको रुपमा लिइनेछ।

पारम्परिक संघको संरचनाः
1.    संघ महानायक-सबै भन्दा ठुलो र प्रमूख गुरु
2.    संघ नायक-संघको कार्यकारी मूख्य धर्म  गुरु
3.    संघ उपनायक-कार्यकारी संघ नायकको अनुस्थितमा कार्य भार सम्हाल्ने गुरु।
4.    ध्यान-साधना आचार्य
5.    अभिधर्म आचार्य
6.    सुत्र आचार्य
7.    विनय आचार्य
8.    पुजा -प्रणिधान साखा प्रमूख
9.    संघराम संघकोष प्रमूख
 
आधुनिक समिति
1.    अध्यक्ष
2.    उपाध्यक्ष
3.    सचिव
4.    कोषध्यक्ष
5.    सदस्य
6.    सदस्य
7.    सदस्य
8.    सदस्य
9.    सदस्य
 
सदस्यको प्रकार र मापदण्ड
1.     साधारण सदस्य
2.     आजीवन सदस्य
3.     दाता सदस्य
4.     सल्लाहकार सदस्य
मापदण्ड
1.     साधारण सदस्यता लिन कानुन बमोजिम उमेर पुगेका, अपराधको महाअभियोग नलागेका र संघका सम्पुर्ण स्थिर र परिवर्तन हुन सक्ने नियम पालना गर्न सहमत भएको सबै नेपालीले  सदस्य दस्तुर सुरुमा रु ३०००+५०००=३५०० तीन हजार पाँच सय र पन्द्र वर्ष सम्मा रु ५०० को दरले सदस्यता शुल्क तिर्न सहमत व्यक्तिले साधारण सदस्यता लिन सकिने छ।

2.     आजीवन सदस्यता लिन कानुन बमोजिम उमेर पुगेका, अपराधको महाअभियोग नलागेका र संघका सम्पुर्ण स्थिर र परिवर्तन हुन सक्ने नियम पालना गर्न सहमत भएको सबै नेपालीले  सदस्य दस्तुर रु ५१००० सदस्य शुल्क तिरेर आजीवन सदस्य बन्न सकिने छ।

3.     दाता सदस्यता लिन राष्ट्रिय वा अन्तराष्ट्रिय महाअपराधको अभियोग नलागेका राष्ट्रिय तथा अन्तराष्ट्रिय जोसुकैले नेपालको कानुन बमोजिम यस संघलाई धेर-थोर कुनै पनि आर्थिक,भौतिक सहयोग नियमित रुपमावा एक-दुई पटक मात्र सहयोग प्रदान गरी संघको दाता सदस्य बन्न सकिने छ।

सदस्यता खारेजी सम्बन्धमा
1.     संघको सदस्यता रहने वा नरहने त्यसको निर्णय संघ प्रमूख धर्म गुरुहरुको सभाले निर्णय गर्ने छ।

2.     संघ भित्र कुनै पानि प्रकारले भेद ल्याउने, वैरमानस्यता ल्याउने आदि गरिएमा संघबाट निष्कासन गरिने छ।

3.     संघलाई र विशेषगरि संघका विशिष्ट गुरुहरुलाई आरोप, नकरात्मक टिका-टिप्पनी,प्रत्यक्ष वा परोक्ष दोषरोपन, तुच्छ शब्द प्रयोग आदि गरिएमा सदस्यता खारेजी गर्न सकिने छ।

4.     सदस्य संघले सदस्यता खारेजीको माग गरेमा सदस्यता खारेजी गरिने छ।

सदस्यले पाउने लाभ एवं सुविधाहरु
1.     सदसस्यता प्राप्त गरेर ६ महिन पुगेका सदस्यले उपलब्ध सबै सेवाहरु  जस्तै भवन निर्मण पुरा भएको अवस्था सदस्यहरुमा ती भवनहरु १०% मात्र सेवा शुल्क तिरेर विवाह, पुजा-पाठ, मिटिङ आदिको लागि सेवा-सुविधा लिन सकिने छ।

2.     मृत्यू जस्ता दुःखद घडिमा सबै सदस्यको तर्फबाट एक मूष्ठ प्रति सदस्यबाट रु ५० वा रु १०० को दरले आर्थिक सहयोग तथा संघको उपस्थितिमा मणि-मोन्लमहरु गरिने छ।

3.     निशुल्क भाषा, व्याकरण, पुजा-पाठ आदिको प्रशिक्षण पाउने। 

 उपस्थिति :

                                       
नाम : सृजना लामा
पद : अध्यक्ष                                    
लिङ्ग : महिला                                               
उमेर : ५५                                                   
ठेगाना : महालक्ष्मी नगरपालिका, इमाडोल ललितपुर   
 


नाम : लोपेन टाशी छयोपेल
पद : उपाध्यक्ष
लिङ्ग : पुरुष
उमेर : ४२
ठेगाना : महालक्ष्मी नगरपालिका, इमाडोल ललितपुर

 

नाम : रिग्जिन ञिमा होईसेर
पद : सचिव
लिङ्ग : पुरुष
उमेर : २१
ठेगाना : हेटौडा नगरपालिका ५, मकवानपुर

 

नाम : राजेश लामा
पद : सह–सचिव
लिङ्ग : पुरुष
उमेर : ३६
ठेगाना : गोगऺबु

 

नाम : सबिना लामा
पद : कोषाध्यक्ष
लिङ्ग : महिला
उमेर : २२
ठेगाना : बेलकोटगढी नगरपालिका १३, नुवाकोट

 

नाम : ल्हाग्पा तामाङ
पद : सदस्य
लिङ्ग : पुरुष
उमेर : ५१
ठेगाना : भेडिगोठ

 

 

नाम : नरिता थापा
पद : सदस्य
लिङ्ग : महिला
उमेर : ४२
ठेगाना : सानेपा

 

नाम : सुरेन्द तामाङ
पद : सदस्य
लिङ्ग : पुरुष
उमेर : ३७
ठेगाना : बेलकोटगढी नगरपालिका १३, नुवाकोट

 

नाम : तेन्दर तामाङ
पद : सदस्य
लिङ्ग : पुरुष
उमेर : २२
ठेगाना : जुगल गाउँपालिका ६, सिन्घुपाल्चोक

   

 

 

 

आज मिति २०७७ कार्तिक २२ गते शनिबार समय अपरान्ह ४ बजे श्रद्वेय धर्मगुरु खेन रिन्पोछे सोनम ग्युर्मे तामाङ ज्यूको अध्यक्षतामा बसेको सभामा उपास्थित सम्पूर्ण धर्मगुरु उपासक-उपासिकाको सर्व सम्मतिले सामाजलाई एउटा सशक्त धार्मिक संघको आवश्यकता परेकोले नेपाली Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन)  नामक धार्मिक एवं सामाजिक गैर नाफा मुलक संघ निम्न लिखित उद्देश्य राखेर कार्य गर्ने भनि सभा बसियो ।

आज बसेको संघका छलफल पश्चात उपस्थित धर्मगुरु, उपासक एवं उपासिका हरुको सर्व सम्मतिले यस Noble Enlightened Association (नोबल एन्लाइटन्ड एसोसिएसन) का अध्यक्ष लगायत अन्य पदको निम्ति निम्न बमोजिम चयन गरियो ।

१. अध्यक्ष : सृजना लामा
२. उपाध्यक्ष : लोपेन टाशी छयोपेल
३. सचिव : रिग्जिन ञिमा होईसेर
४. सह–सचिव : राजेश लामा
५. कोषाध्यक्ष : सबिना लामा
६. सदस्य : ल्हाग्पा तामाङ
७. सदस्य : नरिता थापा
८.सदस्य : सुरेन्द्र तामाङ
९.सदस्य : तेन्दर तामाङ
विभिन्न प्रस्तावहरु माथि छलफल गर्दा अर्य (नोबल एन्लाएटन एसोसिएसन) स्थापना गरि निम्न उद्देश्य माथि कार्य गर्ने भनि निर्णय गरियो ।