नक्कली भूटानी शरणार्थी प्रकरणका बिषयमा संसदमा जानकारी गराउन राप्रपाको माग

1 year ago

नक्कली भूटानी शरणार्थी प्रकरणका बिषयमा संसदमा जानकारी गराउन राप्रपाको माग

 

राप्रपाले नक्कली भूटानी शरणार्थी प्रकरणका बिषयमा संसदमा जानकारी गराउन माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको सुरुमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिभिन्न शंका उत्पन्न भइरहेको भन्दै यस बिषयमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो । उहाले उक्त प्रकरण केवल भ्रष्टाचारमात्रै नभएको भन्दै राज्यबिरुद्धको द्रोह भएको जिकिर गर्नुभयो । त्यस्तै लिङ्देनले उक्त प्रकरण अख्तियारलाई बुझाउने काम नगर्न पनि ध्यानाकर्षण गराउनुभयो । पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएर आउनु लज्जास्पद भएको उहाको भनाइ छ । उहाले उक्त प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट गर्न नहुनेमा जोड दिनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले यस बिषयमा सदनमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि बुधबार नै बसेको संसदको पहिलो बैठक बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको थियो ।