ललितकला प्रतिष्ठानका सम्भावना र चूनौतिलाई अघि बढाउन सरकारको पूर्ण प्रतिबद्ध छः प्रचण्ड

1 year ago

ललितकला प्रतिष्ठानका सम्भावना र चूनौतिलाई अघि बढाउन सरकारको पूर्ण प्रतिबद्ध छः प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितकला प्रतिष्ठानका सम्भावना र चूनौतिलाई अघि बढाउन सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गठबन्धन शिर्षकमा चित्रकला तथा प्रतिकला प्रदर्शनी उद्घाटन गर्दै प्रचण्डले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न प्रतिष्ठानले खेलेको भूमिकाको प्रसंसा गर्दै यसको सम्भावना र चूनौतिलाई अघि बढाउन सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको हो । आफु पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै उहाले स्थापनाको १२ वर्ष पुग्दा आफुलाई निकै खुसी र गर्वको महसुस भएको उहाले बताउनुभयो । त्यस्तै उहाले चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका विशिष्ट व्यक्तित्वहरुको सम्मानले राष्ट्रकै गरिमा र उचाइ बढाउने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकला सम्बन्धि सिर्जनाहरूको अवलोकन गर्नुभएको थियोे ।