सहज रुपमा सेवा प्रवाह पहिलो प्राथमिकताः पौडेल

1 year ago

सहज रुपमा सेवा प्रवाह पहिलो प्राथमिकताः पौडेल

 

नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले मन्त्रालयमातहतको कार्यालयमा जनताको सहज सेवा प्रवाहलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

सपथ ग्रहण गरेपछि मंगलबार सिंहदरबारमा पदभार सम्हाल्दै मन्त्री पौडेलले सहज रुपमा सेवा प्रवाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाले असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने र अहिले नै यसलाई परिमार्जन गर्नुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । मन्त्री पौडेलले भइरहेको नीतिमा अप्ठेरोमा समस्या भए सुधार गर्न सकिने तर भइरहेको नीतिलाई परिवर्तन गर्न नहुने जिकिर गर्नुभयो । नेपालमा रहेको कुटनीतिक निकायसंगको सम्बन्धलाई सुमधर पार्ने, विदेशस्थीत दुतावासमा नेपालीहरुको सहज पहुँच लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्ने उहाले बताउनुभयो ।

मन्त्री पौडेलले सीमा विवादका बिषयहरुमा धेरै बुझ्नुपर्ने भएकाले यसबारे हतारमा टिप्पणी गर्न नहुने जिकिर गर्नुभयो ।