सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न महासेठको माग

1 year ago

सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न महासेठको माग

 

नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा महासेठले महतो अहिले पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरी प्रशासनले हिरासतमा लिएको छ सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाले सांसद कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभयो । उहाँले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको रुपमा हेर्न नहुने जिकिर गर्नुभयो । उहाले कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने उल्लेख गर्नुभयो ।

महासेठले जनकपुरमा रोहितकुमार साह र विष्णुकुमार साहको अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गर्नुभयो । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको उहाले बताउनुभयो ।