स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई स्वास्थ्यमन्त्रीको निर्देशन

1 year ago

स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

मंगलबार बिभागको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री गिरिले जनशक्ति वा पूर्वाधार कुनै पनि बहानामा नागरिकको स्वास्थ्यको सवालमा खेलवाड नगर्न र गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो । उहाले प्रभावकारी कार्यसम्पादनमा मन्त्रालयको तर्फबाट बिभागलाई पूर्ण समर्थन हुने पनि बताउनुभयो । त्यस्तै मन्त्री गिरीले खुल्ला नाकाका कारण भारतबाट भित्रिएका औषधीहरु खुलेआम बिक्रि बितरण भइरहेकाले निगरानी बढाउनुपर्ने धारणा राख्नुभयो । औषधी बिक्रि बितरणको अनुगमन प्रभावकारी नहुदा समस्या देखिने भएकाले सवै प्रदेशमा कार्यालय स्थापना गरेर अघि बढ्नुपर्ने उहाको भनाइ छ ।

मन्त्री गिरीले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने र बिपन्न नागरिकले समेत राहत महसुस गर्ने गरि काम गर्नुपर्ने पनि बताउनुभयो ।