श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा २४ घण्टे श्रम सहायता केन्द्रको शुभारम्भ

1 year ago

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा २४ घण्टे श्रम सहायता केन्द्रको शुभारम्भ

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई थप व्यवस्थीत गर्दै ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्रको शुभारम्भ गरेको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकको गुनासोलाई सुन्न र समाधान गर्नका लागि २४ घण्टे श्रम सहायता केन्द्र बनाइएको जानकारी दिनुभयो । उहाले श्रम सहायता केन्द्रमा आएका सवै गुनासोहरुलाई सरकारले समाधान गर्ने गरि काम सुरु गरिएको बताउनुभयो ।

मन्त्री अर्यालले ६ महिनाभित्र श्रमाधान नामक मोवाइल एप सञ्चालन गर्ने र श्रम सम्बन्धी सम्पूर्ण कार्यहरुको टाइम कार्ड लागू गरिने जानकारी दिनुभयो । त्यस्तै उहाले असक्तहरुलाई सिंहदरबार प्रवेश गर्दा ट्याक्सि लैजान सक्ने व्यवस्था गरिएको बताउनुभयो । त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको पनि व्यवस्था भएको उहाको भनाइ छ । यसले गर्दा वैदेशिक रोजगारमा जानेहरुले काठमाडौं विमानस्थलमै अपहेलित महसुस गर्न नपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीहरुको आवश्यक तथ्यांक संकलन हुन थालेको भन्दै उद्धारका लागि आवश्यक पहल गर्न निर्देशन समेत दिइसकेको बताउनुभयो ।