वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पेस गर्न मन्त्री किरातीको निर्देशन

1 year ago

वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पेस गर्न मन्त्री किरातीको निर्देशन

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभएको छ ।

सोमबार वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अव दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभएको हो ।

हवाई सेवामा एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न उहाले चेतावनी दिनुभयो । मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिनुभयो । उहाले निगममा रहेर काम गर्न नसके मार्गप्रसस्त गर्न पनि सुझाव दिनुभयो ।

उहाले यसअघि भएका गल्तीलाई अव उपरान्त नदोहराउन निर्देशन दिदै सकारात्मक काममा सधै साथ दिने स्पष्ट पार्नुभयो ।