राष्ट्रिय सहमति कायम गरि राष्ट्र निर्माणमा जुट्न पौडेलको आह्वान

1 year ago

राष्ट्रिय सहमति कायम गरि राष्ट्र निर्माणमा जुट्न पौडेलको आह्वान

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरि राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता पौडेलले देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा आउनुपर्ने र राष्ट्र निर्माण गर्ने बताउनुभएको हो । उहाले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । देशमा सुशासनको आवश्यकता रहेको र दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाको भनाइ छ ।

पौडेलले कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको भन्दै अव त्यसलाई रक्षा गर्न पनि कांग्रेस र कम्युनिष्ट एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको अहिलको अवस्थामा निष्ठाको राजनीतिलाई जोगाउनका लािग पनि एकताको खोजी गर्नुपर्ने उहाको भनाइ छ ।

उहाले सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुनसक्ने भएकाले त्यसतर्फ सचेत रहन सुझाव दिनुभयो ।