यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ

1 year ago

यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ ।

एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो । च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भईसकेको छ । मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । विदाई कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले अनुशासित भएर लक्ष्य प्राप्तीका लागि खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

महिला यू–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।