मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

1 year ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

 

मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय जनकपुरमा आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उहाँले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन बिना विभागीयमन्त्रीले पनि शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीहरु नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री पदको सपथ लिएपछि यादवले शुक्रबार नै कार्यभार सम्हाल्नुभएको छ ।