भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थीत भारतीय राजदूतावासले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

1 year ago

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थीत भारतीय राजदूतावासले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

 

भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई रु चार करोड ६० लाख नगद र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गर्नुभयो । दूतावासले विभिन्न २३ संस्थालाई रु १६ लाख बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।

दुतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता समेत जनाएको छ ।