प्रेमप्रसाद आचार्यको माग सम्बोधन गराउन प्रदर्शन

1 year ago

प्रेमप्रसाद आचार्यको माग सम्बोधन गराउन प्रदर्शन

 

संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका जायज मागहरुलाई समर्थन गर्दै युवाहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

जस्टिस फर प्रेम आचार्य अभियान सुरु गर्दै युवाहरुले राज्यकै कारण युवाहरु मृत्युबरण गर्न बाध्य भएको भन्दै प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले अर्को जल्दो शरि मेरो नहोस, यो आत्महत्या होइन हत्या हो, देशको लागि केहि गर्छु भन्नु अपराध हो? , यो देश होकी बधशाला ? लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले एक नागरिकले जीवन जिउनका लागि गर्ने संघर्षलाई राज्यले कदर गर्नुपर्ने बताएका थिए । उनीहरुले देशमा रोजगारी लगाएतका जीवनयापनका लागि सहज वातावरण बनाउन नसके खाडीको भिसा दिनुपर्ने बताए । त्यस्तै पदका लागि नलडी ५ बर्षमा देशको बिकास गरेर देखाउन उनीहरुले आग्रह गरेका छन् ।

युवाहरुले परिवर्तनका सुरुवात गर्न नेताहरुलाई सुझाव दिदै परिवर्तन गर्न नसके पद छाड्न पनि सुझाव दिएका छन् । मंगलवार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको बुधवार उपचारका क्रममा निधन भएको थियो ।