प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने बताउनुभएको छ ।

1 year ago

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने बताउनुभएको छ ।

 

सोमबार उदयपुरको चौदण्डीगढीमा मगर संघ चौदण्डीगढी नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपसभामुख रानामगरले संविधानले दिएको जिम्मेवारी अनुसार आफुले स्वतन्त्र, निष्पक्ष, तटस्त र मर्यादित भएर काम गर्ने बताउनुभएको हो । उहाले आफु सदैव जनताको पक्ष उभिएर काम गर्ने जिकिर गर्नुभयो । उहाले आफ्नो कर्तब्य बाट बिचलित नभई सभामुखसंग सहकार्य गरेर संघिय संसदलाई अझ ब्यबस्थित र मर्यादित बनाउने उल्लेख गर्नुभयो ।

उहाले संबिधान अनुसार सबै जातजाती र सबै बर्ग समुदायको हक र हितमा आफु सधैं काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।