प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पाटीर्की सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । 

1 year ago

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पाटीर्की सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । 

 

 


प्रतिनिधिसभाको शनिबारको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।  उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उहाँलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले रानामगरलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो ।