नवनियुक्त कानुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गर्नुभएको छ ।

1 year ago

नवनियुक्त कानुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गर्नुभएको छ ।

 

शितल निवासमा सपथ ग्रहण पछि सिंहदरबार पुगेर प्रधानले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै कानुनमन्त्री प्रधानले आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरुलाई पत्र पठाउने निर्णय गर्नुभएको छ । राप्रपाबाट नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रधान पहिलो पटक मन्त्री बन्नुभएको हो ।

उहाले कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्नुभएको थियो ।