नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताउनुभएको छ ।

1 year ago

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताउनुभएको छ ।

 

रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दे सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उहाले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने धारणा राख्नुभयो । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको उहाले बताउनुभयो ।

साक्षात्कारमा एमालेका नेता शेरबहादुर तामाङले सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने बताउनुभयो । उहाले एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको बताउनुभयो ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि सार्न नहुनेमा जोड दिनुभयो । विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्याउन नहुने उहाको भनाई छ ।


यादवले आफूहरु राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको पनि बताउनुभयो ।