नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताउनुभएको छ । 

1 year ago

नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताउनुभएको छ । 

 

शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव बैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताउनुभएको हो । उहाले कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राख्नुभयो । उहाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन बिभिन्न शक्तिसंग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गर्नुभयो । 

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहनुभएका सिग्देलद्वारा लखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरुलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरुमा वर्गीकरण गरि समावेश गरिएको छ ।