नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच बर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

1 year ago

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच बर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

 

पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चूनावमा काठमाडौं उपत्यकामा बिवेकशिल साझाका नाममा लहड सुरु भएको र चार बर्ष नपुग्दै चूनाव लड्दा जमानत जफत भएको भन्दै आज पनि नयाँ नयाँ प्रयोग गरिएको र पाँच बर्षपछि के हुने हो भन्ने ठेगान नभएकाले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको हो । पोखरेलले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारमा आधारित राजनीतिक कार्यदिशा स्पस्ट भएको शक्ति आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले धेरै राष्ट्रिय दलहरु भए राजनीतिक अस्थीरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गर्नुभयो । दुनियामा कहि पनि राजनीतिक दलहरु मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्रकिरण अपरिहार्य हुने तर्क गर्नुभयो । महासचिव पोखरेलले बामपन्थीको सरकारलाई कमजोर पार्न बिभिन्न षडयन्त्रहरु हुने गरेको पनि बताउनुभयो । संसद बिघटन कांग्रेसले गर्दा अदालत नबोल्ने र बामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उहाको भनाइ छ ।

महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रीक बन्न नसकेको बताउनुभयो । कार्यक्रममा उहाले आगामी स्ववियु निर्वाचनमा संगठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन दिनुभयो ।