नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायीत्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।

1 year ago

नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले मुलुकको राजनीतिक स्थायीत्वका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको छ ।

 

शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता सङ्घर्ष ३० बर्षमा २८ सरकारको नालीबेली पुस्तकको लोकार्पण गर्दै ज्ञवालीले मुलुकमा छिटो छिटो सरकार परिवर्तन हुने दीर्घरोग भएको र यसको अन्त्यका लागि अहिलेको प्रणाली वा राजनीतिक गठबन्धनमा पूर्नविचार गर्नुपर्ने बताउनुभएको हो । उहाले प्रत्यक्ष र समानुपातीकको मिश्रित निर्वाचन प्रणालीको अभ्यास गर्दा भरपर्दो एलान्स बनाउनुपर्ने उल्लेख गर्नुभयो । दलीय असफलताका लागि निर्वाचन प्रणालीको कानूनलाई परिवर्तन गर्ने सोच राख्नु उपयुक्त नहुने उहाको भनाइ छ । ज्ञवालीले निर्वाचन अघि बन्ने एलाइन्स परिणामपछि लगतै भत्किने देखिएको र यस्तो अवस्थामा राजनीतिक स्थायित्वको खोजी प्राज्ञिक ढंगले गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले सत्ता प्राप्तीका लागि नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको टिप्पणी गर्नुभयो । थापाले सत्ता कस्का लागि र किने भन्ने स्पष्ट नहुदा समस्या देखिएको जिकिर गर्नुभयो ।को प्रक्रिया, शक्ति चलखेल लगाएतका बिषय उल्लेख गरिएको छ ।