नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताउनुभएको छ ।

1 year ago

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताउनुभएको छ ।

 

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताउनुभएको हो । राष्ट्रपतिका बिषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उहाले बताउनुभयो । नेम्वाङले राष्ट्रपतिका बिषयमा अन्य दलहरुसंग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी गर्नुभयो । कानून बमोजिम जो कोहि माथि मुद्धा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रुपमा दिन नहुने उहाको भनाइ छ । नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताउनुभयो ।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले सहमतिका नाममा परिवर्तन खोज्नु कांग्रेसको सत्तालिप्सामात्रै भएको तर्क गर्नुभयो । सत्ता समिकरण भत्काउने कुनै पनि षडयन्त्र सफल नहुने उहाले बताउनुभयो । पोखरेलले रवि लामिछानेमाथिको अदालतको आदेशपछि नयाँ परिस्थीतिको बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राख्नुभयो ।

उहाले सत्ता समिकरणलाई मुलुकको हितका पक्षमा लैजान मिलेर अघि बढ्ने बताउनुभयो ।