नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरुबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।

1 year ago

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरुबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।

 

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताउनुभयो । संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक रहेको भन्दै उहाले दलहरुले आफैंमाथि अविश्वास गर्न नहुने धारणा राख्नुभयो । नेम्वाङले सभामुखले कसैको दवाव र प्रभावमा नपरि सवैको भावना अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानून बिरोधाभाष रहेकाले संशोधन गर्नुपर्ने बताउनुभयो । संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको हुदा संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जानुपर्ने राय रहेको उहाले बताउनुभयो ।

त्यस्तै लेखकले संसदीय व्यवस्थामा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताउनुभयो । प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउदै अघि बढाउने उहाको भनाइ छ ।