नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताउनुभएको छ ।   

1 year ago

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताउनुभएको छ ।    

पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफुहरु सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताउनुभएको हो ।

 

उहाले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राख्नुभयो । परिस्थीतिमा परिवर्तन भएर आफुहरुको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उहाको भनाइ छ । उहाले संसद बिघटन गरिन्छ की भन्ने आशंका जम्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गर्नुभयो । उहाले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले बिनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरुलाई पनि आउने वातावरण तयार भएको बताउनुभयो । 

 

उहाले समानुपातिकमा सन्तोषजनक मत नआएपनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले  निर्वाचनको परिणामका कारण हरस खानुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । अध्यक्ष नेपालले पार्टीलाई शसक्त रुपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।