ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भयोः वामदेव गौतम

1 year ago

ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भयोः वामदेव गौतम

 

राष्ट्रियसभा सदस्य वामदेव गौतमले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको बताउनुभएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले गठबन्धन गरेर निर्वाचनमा जाने र सरकार बनाउने गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको बताउनुभएको हो । देशमा कहिले नभएको एउटा राजनीतिक महाभुकम्प गएको र महाभुकम्पको मूख्य योजनाकार केपी ओली र मुख्य पात्र प्रचण्ड भएको उहाले बताउनुभयो ।

गौतमले निर्वाचित भएर अत्याधिक निर्वाचित मत प्राप्त गरेर निर्वाचित भएकोमा प्रचण्डलाई बधाइ पनि दिनुभयो । उहाले मतदान सरकारलाई गरे पनि प्रतिपक्षमा बस्ने कुरा स्वभाविक रहेको र संविधानमा पनि कहीँ पनि प्रतिपक्ष भन्ने नरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै बैठकमा कांग्रेसका नेता जितेन्द्रनारायण देवले मुलुकको संविधान र नेपाली राजनीतिलाई सम्भावित दुर्घटनाबाट जोगाउन कांग्रेसले विश्वासको मत दिएको बताउनुभयो ।

त्यस्तै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्ष भए पनि कांग्रेस प्रतिपक्षको भूमिकामा बस्न चुकेको बताउनुभयो ।

त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरुले सरकारको न्युनतम साझा कार्यक्रमलाई कार्यान्वयनको तहमा लैजानुपर्नेमा जोड दिएका थिए । बैठकले खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप गरेको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी माघ १० गते बोलाइएको छ ।