जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट छैनः श्रेष्ठ

1 year ago

जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट छैनः श्रेष्ठ

 

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आफूले सकारात्मक हस्तक्षेप गर्दै सुधारमा लाग्ने भन्दै जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पार्नुभयो ।

उहाले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने भएकाले केही समय लाग्ने हुँदा धैर्य गर्न जनतालाई आग्रह गर्नुभयो ।

नागरिकले अहिले विकास निर्माणको अनुभूति गर्न नपाएको भन्दै उहाले जनतालाई अप्ठेरो भएकाले तमासा हेरेर बस्ने अवस्था नरहेको पनि बताउनुभयो । मन्त्री श्रेष्ठले खानेपानी, ढल तथा भूमिगत बिद्युतिकरणको काम सकिएपनि उपत्यकाको सडक राम्रो अवस्थाको हुने उल्लेख गर्नुभयो ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सडकको अवस्थाका बारेमा सम्बन्धीत निकायका अधिकारीसंग सोधपुछ गर्नुभएको थियो । सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायत सरोकारवाला निकायका अधिकारीहरुको सहभागीता रहेको थियो ।