कांग्रेस नेतृत्वको सरकारले मुलुकको बिकास गर्न नसक्ने ओलीको आरोप

1 year ago

कांग्रेस नेतृत्वको सरकारले मुलुकको बिकास गर्न नसक्ने ओलीको आरोप

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफु सरकारमा जानुलाई बिकास र लोकतन्त्र भन्ने गरेको टिप्पणी गर्नुभएको छ ।

बुधबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको बिकासका लागि कुनै छलफल नै नहुने भन्दै कांग्रेसले आफु सरकारमा जानुलाई बिकास र लोकतन्त्र भन्ने गरेको बताउनुभएको हो । कांग्रेसको महाधिवेशनले समेत स्पष्ट बिचार तय गर्न नसकेको आरोप लगाउदै ओलीले पदाधिकारी छान्न मात्रै कांग्रेस केन्द्रीत भएको उल्लेख गर्नुभयो । ओलीले कांग्रेस नेतृत्वको सरकारले मुलुकको बिकास गर्न नसक्ने र अर्थतन्त्र समेत ध्वस्त पारेको बताउनुभयो । उहाले केहि सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएको पार्टीहरु मौसमी खालको भएको तर्क गर्नुभयो । मौसमी खालका पार्टीहरु स्थायी नहुने र उनीहरुले देशको बिकास पनि गर्न नसक्ने ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले उदेश्यमा संगठित हुने पार्टी एमाले मात्रै भएको दावी गर्नुभयो । उहाले सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि नै एमालेले काम गर्ने स्पष्ट पार्नुभयो ।