उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चूनौति खडा भएको बताउनुभएको छ ।

1 year ago

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चूनौति खडा भएको बताउनुभएको छ ।

 

कृषि विकास बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पूजीगत खर्च १४–१५ प्रतिशत मात्रै हुनु, राजस्व परिचालनमा चालू आर्थिक बर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चूनौति खडा भएको बताउनुभएको हो । गत बर्ष यहि समयमा राजस्व परिचालन भन्दा पनि यस बर्ष झन पछाडी परेको उहाको भनाई छ । आर्थिक दृष्टिकोणले खडा भएको चूनौति सामना गदै आर्थिक सामथ्र्य राम्रो बनाउने अभियानमा सरकारलाई सवैको साथ चाहिएको उहाले बताउनुभयो । अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने जिकिर गर्नुभयो ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिष्पर्धात्मक क्षमता बढाउनका लागि बैंकले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो । उहाले कृषिको आधुनिक बजारमा बैंकले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।