सरकार गठनका बिषयमा कुनै छलफल भएको छैनः माधव नेपाल

1 year ago

सरकार गठनका बिषयमा कुनै छलफल भएको छैनः माधव नेपाल

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष ले सरकार गठनका बिषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफु पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् । उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका बिषयमा छलफल हुने जानकारी दिए । त्यस्तै राष्ट्रपतिको उम्मेद्वार बन्ने बिषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताएका छन् । पद बाँडफाँटका बिषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ ।

उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षा अनुसार आफु अघि बढ्ने बताए ।