2 years ago
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन् ।
सोमबार काठमाडौमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको बिभिन्न चर्चा परिचर्चा हुन थालेको र वामपन्थी मिलेर सरकार बनाउने कुरा आएको भन्दै जनता अलमल्याउने काम हुन थालेको बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफुहरु फर्कन नसक्ने पनि बताएका छन् । अध्यक्ष नेपालले गठबन्धनका दलहरु आन्तरिक छलफलमा रहेकाले एकै ठाउमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राखे । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम राख्न आफुहरु प्रतिवद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताए ।
त्यस्तै एकिकृत समाजवादीका सम्मानीत नेत झलनाथ खनालले अहिले सरकार गठनको बिभिन्न कोणबाट छलफल भएपनि बामलोकतान्त्रिक शक्तिहरुको सरकार बन्ने सम्भावना प्रवल रहेको धारणा राखे । उनले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले यसअघि नै तोडेकाले अहिले वामपन्थी सरकार बन्न नसक्ने तर्क गरे ।
उनले आगामी सातासम्म सरकारको बारेमा टुङ्गो लाग्ने जिकिर गरे ।