बार एशोसिएशनले ६७ औँ स्थापना दिवस मनायो

1 year ago

बार एशोसिएशनले ६७ औँ स्थापना दिवस मनायो

 

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ६७ औँ स्थापना दिवस मनाएको छ ।

एशोसिएशनले विकृति विसंगति तथा भ्रष्ट्रचारमुक्त न्यायपालिका ः व्यावसायिक हक, प्रतिष्ठा र पेशगत मर्यादा भन्ने नाराका साथ स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा बार परिसर रामशाहपथमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगाएत सर्वोच्चका न्यायाधिश, बारका पदाधिकारी तथा अधिवक्ताहरु सहभागी थिए ।

कार्यक्रममा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले स्वतन्त्र र जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बार प्रतिवद्ध रहेको धारणा राखेका थिए । नेपाली जनताले न्यायका लागि भड्किन नपरोस भन्ने बारको अभियान रहेको उनले बताए । उनले न्यापालीका र कानून व्यवसायीको बिषयमा व्यापक आलोचना भइरहेको अवस्थामा केहि गलत व्यक्तिहरुका कारण यो क्षेत्रलाई एकमुष्ट रुपमा हेर्न नहुने जिकिर गरे ।

बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।