देउवा छैठौँ पटक पार्टीको संसदीय दलको नेता

1 year ago

देउवा छैठौँ पटक पार्टीको संसदीय दलको नेता

 

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भएको निर्वाचनमा काँग्रेस महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै सभापति देउवा दलको नेतामा निर्वाचित भएका हुन् । निर्वाचनमा देउवाले ६४ मत पाउदा थापाले २५ मत पाएको निर्वाचन समितिका संयोजक भिष्मराज आङदेम्वेले जानकारी दिएका छन् । संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभामा निर्वाचित ८९ जना सांसदहरुले मतदान गरेको उनले बताए ।

त्यस्तै दलको नेतामा निर्वाचित भएपछि देउवाले निर्वाचन सम्पन्न गरेकोप्रति सवैलाई धन्यवाद दिएका छन् । उनले पार्टीलाई एकतावद्ध बनाएर बलियो रुपमा अघि बढाउने धारणा राखे ।

त्यस्तै महामन्त्री थापाले निर्वाचनको परिणामलाई आफुले सहज रुपमा स्वीकार गरेको बताएका छन् । उनले अहिले कांग्रेसको नेतृत्वमा नै सरकार बनाउनुपर्ने भन्दै अध्यारो कोठामा आलोपालो प्रधानमन्त्रीको सहमति गर्न नहुनेमा जोड दिए । बन्दकोठामा भएका सहमतिको जवाफदेही कांग्रेस हुन नसक्ने उनको भनाइ छ । थापाले आफु संसदीय दलको नेता हुन कोसिस गर्ने भन्दै आफु सरकारमा सहभागी नहुने बताए ।

कांग्रेस सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । यस अघि उनि विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए ।