कृष्णप्रसाद भट्टराइको शालिकमा देउवाद्वारा माल्यार्पण

1 year ago

कृष्णप्रसाद भट्टराइको शालिकमा देउवाद्वारा माल्यार्पण

 

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाडेगाउमा रहेको कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराइको शालिकमा माल्यार्पण गरेका छन् ।

भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा पुग्नुभएका देउवाले भट्टराइको शालिकमा माल्यार्पण गरेका हुन् । त्यस्तै प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मजयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो ।