काठमाडौंमा शनिबारबाट सुरु पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टार र काठमाडौं नाइट्सले विजयी सुरुआत गरेको छन् ।

1 year ago

काठमाडौंमा शनिबारबाट सुरु पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टार र काठमाडौं नाइट्सले विजयी सुरुआत गरेको छन् ।

 

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले फार वेस्टर्न युनाईटेड तथा काठमाडौंले पोखरा एभेन्जर्सलाई पराजित गरेको हो । खेलमा लुम्बिनीले फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हरायो । लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

त्यस्तै शनिबार नै त्रिवि क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८÷१८ रन बनाए । काठमाडौका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारि खेले । यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २÷२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे । लिगको बिजेताले ५५ लाख तथा उपबिजेताले ३० लाख पाउने छन् । प्रतियोगिताको फाईनल खेल आगामी २७ गते हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।