विश्वकपमा आज ४ खेल हुदै

1 year ago

विश्वकपमा आज ४ खेल हुदै

 

 


विश्वकपमा आज सोमबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।

 

पहिलो खेलमा समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रदै छन् । खेल नेपाली समयअनुसार ३ः३४ बजे सुरु हुनेछ । ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।

 

दोस्रो खेलमा समूह एच को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । खेल नेपालीअनुसार ६ः४५ बजे सुरु हुनेछ । घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।

 

विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् । खेल नेपालीअनुसार राती ९ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।

 

त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।