रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा निर्वाचित नेकपा एमालेका छविलाल विश्वकर्मालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

1 year ago

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा निर्वाचित नेकपा एमालेका छविलाल विश्वकर्मालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

 

शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रमकाबीच निर्वाचन अधिकृतको कार्यालयले उहालाई प्रमाणपत्र दिएको हो । उहाले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पार्नुभएको हो । प्रमाणपत्र बुझ्दै विश्वकर्माले आफुलाई मत दिने र सहयोग गर्ने सवैलाई आभार व्यक्त गर्नुभयो ।

छविलाल विश्वकर्माले २४ हजार ८७२ मत ल्याउनुभएको थियो भने सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत ल्याउनुभएको थियो ।