यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।

1 year ago

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ ।

 

टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गर्यो । लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान विशाल बिक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रन बनाए । कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा अलआउट हुँदै १०० रन बनाएको थियो ।

जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो ।