मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् ।

1 year ago

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार राति पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरी बसेका भक्तजनले बिहान स्नान गरी शतबीज छरेका छन् ।

 

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गरिन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको राति महादीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले चतुर्दशीका दिन बिहानैदेखि दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ ।

दिवङ्गत पितृका नाममा महादीपदान गरी शतबीज छर्न लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बत्ती बाली भक्तजन रातभर शिवालयमा जाग्राम बस्छन् । त्रयोदशीको रातभर दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।