प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।

1 year ago

प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।

 


शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले प्रदेश–१ लाई ७२ रनले पराजित गरेको हो । बागमतीले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको प्रदेश–१ ४९.१ ओभरमा अलआउट भएर १ सय ९७ रन मात्र बनाउन सक्यो त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।

त्यस्तै प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्न क्रममा सुदुरपश्चिम प्रदेशले शुक्रबार लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई १०० रनले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा अलआउट हुदै मात्र ८० रन बनाउन सक्यो । त्यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.५ ओभरमा अलआउट हुदै १ सय ८० रन बनाएको थियो । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।