2 years ago
शुक्रबार आम निर्वाचन पर्यवेक्षण समितिले काठमाडौंमा गरेको निर्वाचन पूर्व पर्यबेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा थपलियाले पर्यवेक्षणले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगलाई नै सहयोग पुग्ने भएकाले तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गर्नुभएको हो । पर्यबेक्षणका क्रममा देखिएका त्रुटी लगाएतका बिषय तत्कालै आयोगलाई जानकारी गराए निर्वाचनलाई थप स्वच्छ बनाउन मद्धत पुग्ने उहाको भनाई छ । थपलियाले मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको जानकारी दिनुभयो । त्यस्तै थपलियाले निर्वाचनको शान्त तलाउलाई दुषित बनाउने दुष्साहस नगर्न समेत आग्रह गर्नुभयो । उहाले निर्वाचनलाई सम्पन्न गर्नका लागि कानूनको पालना गर्न समेत आह्वान गर्दै कानूनले कसैलाई ठूलो वा सानो नभन्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समिति जियोकले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको तथा विगतको तुलनामा सुदृढ रूपमा निर्वाचनको तयारी भएको जनाएको छ । त्यस्तै यसपटकको निर्वाचनमा प्रचार प्रसारका क्रममा बिगतमा तुलनामा दलहरु संयमित भएको देखिएको समेत जियोकले जनाएको छ ।