नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

1 year ago

नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्लले प्रतियोगिताको तयारी सकिएको बताउनुभयो । उहाले मंसिर ७ गतेबाट सुरु भएर १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुने जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने मल्लले जानकारी दिनुभयो ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउनेछन् ।