नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने अठोटका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ ।

1 year ago

निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उहाँले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाउनुभएको थियो । निर्वाचित भएपछि थापाले आफुले उठाएका बिषयहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । अहिलेको निर्वाचनमा गठबन्धनको बहुमत आउने र सरकार बनाउने भन्दै उहाले पाँच बर्ष जनताले दिएको म्यान्डेडलाई गम्भीरतापूर्वक लिएर काम गर्नुपर्ने जिकिर गर्नुभयो ।

विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी हुनुभएका उहाँ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुनुहुन्थ्योे । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित हुनुभएको थियो । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित हुनुभयो। नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उहाँ चर्चामा आउनुभएको थियो ।