नेपालले सन् २०२७ को अन्डर–१९ महिला क्रिकेट विश्वकपको आयोजना अधिकार पाएको छ ।

1 year ago

नेपालले सन् २०२७ को अन्डर–१९ महिला क्रिकेट विश्वकपको आयोजना अधिकार पाएको छ ।

विश्व क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार नेपाल र बंगलादेशलाई संयुक्त रूपमा अन्डर–१९ विश्वकप आयोजनको अवसर दिएको हो । 

 

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी अन्डर–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो । जसअनुसार सन् २०२७ को अन्डर–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् । यस्तै सन् २०२४ को अन्डर–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान)ले भने विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको बताएको छ ।