2 years ago
देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप ३४ संक्रमित निको भएका छन् । हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।