राष्ट्रिय महिला लिग फुटबल माघ ७ देखि

2 years ago

राष्ट्रिय महिला लिग फुटबल माघ ७ देखि

माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबल हुने भएको छ । राष्ट्रिय महिला लिग फुटबलमा सात टिम सहभागी हुने छ । यो लिग एक महिनासम्म  हुने भएको छ ।

लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुने छ भने अरु खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने अखिल नेपाल फुटबल संघले  जनाएको छ । खेल अवधिभर कुनै खेलाडी वा अफिसियललाई कोभिड– १९ को शंका लागेमा एन्फाले नै आइसोलेसनको व्यवस्था गर्ने बताएको छ ।

‍प्रतियोगितामा पहिलो हुने विजेताले १५ लाख पाउने छ भने दोस्रो हुनेले ८ लाख, तेस्रोले पाँच लाख र चौथोले तीन लाख रुपैयाँ पाउनेछ ।