पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला टोली उत्कृष्ट

2 years ago

पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला  टोली उत्कृष्ट

नेपाल खेलकूद पत्रकार मञ्च ( एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको ‍छ ।

बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा  पनि नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीलाई जगदीशप्रसाद भट्टले  जगदीशप्रसाद भट्ट  प्रशिक्षण दिएका थिए  । ‍

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ( साग ) मा ऐतिहासिक रजत पदक प्राप्त गरे पनि फाइनलमा भारतसँग पराजित भएको थियो ।‍