पेरिस सेन्ट जर्मेन लिग वानको शीर्ष स्थानमा

2 years ago

पेरिस सेन्ट जर्मेन लिग वानको शीर्ष स्थानमा

शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी ) लिग वानको शीर्ष स्थानमा पुगेको छ । 

दोस्रो हाफमा डिफेन्डर लेविन कुरजवाले गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो ।  जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्यपि लियोनले एक खेल कम खेलेको छ । पीएसजीको २० खेलबाट ४२ अंक छ । एन्जर्स ३० अंकसहित सातौँ स्थानमा रहेको छ ।