न्यायको खोजी गर्दै बाँकेका महिलाहरु पैदलै काठमाडौं आयो

2 years ago

न्यायको खोजी गर्दै बाँकेका महिलाहरु पैदलै काठमाडौं आयो

न्यायको खोजी गर्दै बाँकेका महिलाहरु पैदलै काठमाडौं आएका छन् । बाँकेमा भएका दुई घटनाका विषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै उनीहरु नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका हुन् ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र

सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरुको भनाई छ । उनीहरुले बाँके जिल्लाका एसपी श्यामकृष्णा अधिकारी तथा डिएसपी मधुसुधन न्यौपानेलाई विभागीय कारवाही गर्न पनि माग गरेका छन् ।

काठमाडौं आउनुभएकी राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी उपमहासचिव रुवी खानले दुई घटनामा जाहेरी दिएको ९ महिना बित्दा पनि बाँके प्रशसान मौन रहेपछि आफुहरु बाध्य भएर काठमाडौ आउनुपरेको बताउनुभयो ।

शुक्रबार माइतिघरमा उनीहरुले महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार देखिएको व्यानर प्रदर्शन गरेका थिए ।